बैतडी : बैतडीको पाटन नगरपालिका आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ६३ करोड बढीको बजेट ल्याएको छ । आइतबार नगर उपप्रमुख कमलसिंह बोहराले नगर सभामा ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैँया बराबरको बजेट बजेट प्रस्तुत गरेका हुन् ।
पाटनले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गौरिसिंह रावलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
प्रतिक्रिया