बैतडी : बैतडीको दशरथचन्द नगरपालिले चालु आर्थिक वर्षका लागि रु ८२ करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आज नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख कौसिला चन्दले ८२ करोड १७ लाख ३८ हजार बजेट सार्बजनिक गर्नु भएको हो ।
पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रलाई प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम पनि पेश गरिएको छ ।
प्रतिक्रिया