२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकाश दिने सरकारको तयारी

SansherOnline SansherOnline
आइतबार १०, असार २०८० ०२:४७
प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकाश दिने सरकारको तयारी

काठमाडौं: उपप्रधानन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइसकेको बताएका छन् ।

गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए ।

‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ’ उनले अघि भने, ‘त्यो कानुन यही सदनमा आउनेछ ।’

प्रहरी संगठनभित्र सई/असईको प्रोत्साहन व्यवस्था राम्रो नभएको भन्दै गृहमन्त्री श्रेष्ठले जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था गर्ने तयारी भएको सदनलाई जानकारी दिए ।

प्रतिक्रिया