२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुराकी मल्ल मृत्यु प्रकरण : २ वर्षपछि शव फाल्ने मेलौलीका सुनार पक्राउ

SansherOnline SansherOnline
आइतबार १०, असार २०८० ०८:१७
डडेल्धुराकी मल्ल मृत्यु प्रकरण : २ वर्षपछि शव फाल्ने मेलौलीका सुनार पक्राउ

बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ वर्षीया गीतादेवी मल्ल मृत्यु प्रकरणमा झण्डै दुई वर्षपछि एकजनालाई पक्राउ परेका छन्।

प्रहरीले मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई यही असार ३ गते पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। 

२०७८ साल साउन ८ गते गीता मृत अवस्थामा फेला परेकी थिइन्बै।तडीको मेलौली नगरपालिका ५ सेरी माइती घर आउँदै गरेकी गीता मृत अवस्थामा फेला परेपछि प्रहरीले सो घटनाको अनुसन्धान गरीरहेको थियो। गीताको शव मेलौली नगरपालिका ७ ल्वाथलीमा फेला परेको थियो। 

गीताको शव आफूले फालेको दयालले प्रहरी समक्ष बयान दिएका छन्। तर, उनको मृत्युको कारण भने अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उक्त विषयमा अनुसन्धान चलिरहेको उनले बताए।

प्रतिक्रिया