२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

मेलौलीको काँडा बजारमा खानेपानीको चरम समस्या ।

SansherOnline SansherOnline
शनिबार ०९, असार २०८० ०८:०७
मेलौलीको  काँडा बजारमा खानेपानीको चरम समस्या ।

बैतडी : बैतडीको मेलौलि काँडा बजारमा खानेपानिको चरम समस्या रहेको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं। ७ मा रहेको काँडा बजारमा खानेपानीको समस्या रहेको हो । 

खानेपानी अभावमा होटल व्यवसायी र स्थानीय समस्यामा परेका छन्। बैतडीका तिन पालिका मेलौली नगरपालिका, शिबनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको मुख्य बजार मेलौली नगरपालिका वडा नं। ७ काँडा बजारमा खानेपानीको चरम अभाव छ। सरकारी कार्यालय होटेल व्यवसायी,अस्पताल र स्कुललाई पानीको धेरै समस्या रहेको मणिलेक नमुना मा वि मेलौलिका शिक्षक अर्जुन कुवरले बताए । 

खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुलाई समेत समस्या हुने गरेको छ। होटेल व्यवसायी देव बहादुर चन्दले खोनेपानीका कारण निकै समस्या भएको बताए। ‘खानेपानी नभएकै कारण होटेलको व्यापार सुस्त छ’, उनले भने।

मेलौली नगरपालिका नगर प्रमुख भीम बहादुर चन्दले समस्या समाधानको लागि पहल भइरहेको बताए। 

प्रतिक्रिया