२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

सिगासले ५१ जनालाई सात लाख बाँड्ने

SansherOnline SansherOnline
शनिबार ०९, असार २०८० ०८:३९
सिगासले ५१ जनालाई सात लाख बाँड्ने

बैतडी : बैतडीको सिगास गाउँपालिकाले ५१ जनालाई करिब सात लाख रुपैयाँ आर्थिक सहायता बाँड्ने निर्णय गरेको छ । गाउँपालिकाको आर्थिक सहायता कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ परिच्छेद ४ दफा ९ को २, ४ मा भएको व्यवस्था अनुसार आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले १ देखि ९ नम्बर वडा सम्मका विभिन्न आर्थिक समस्यामा परेका ५१ जनालाई जनही १० हजार देखि २५ हजार रुपैयाँका दरले सात लाख ३२ हजार आर्थिक
सहायता वितरण गरिने विपद् व्यवस्थापन शाखा प्रमुख हरि सिहं साउदले जानकारी दिनुभएको छ ।

विभिन्न प्राकृतिक विपत्ति, बाढी, पहिरो, अंगभंग, दिर्घरोगी मध्ये बाट गाउँपालिकामा आर्थिक हसायताका लागि निवेदन दिएका व्यक्तिहरुबाट ५१ जना छनौट गरिएको र आर्थिक सहायता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

हेर्नुहोस आर्थिक सहायता सूची 

प्रतिक्रिया