२०८१ बैशाख २३ गते आइतबार
ट्रेन्डिङ

जनशक्ति अभावले एक्सरे सेवा बन्द मेलौलीमा,नगरपालिका मूकदर्शक

SansherOnline SansherOnline
बिहिबार ०७, असार २०८० १०:३२
जनशक्ति अभावले एक्सरे सेवा बन्द मेलौलीमा,नगरपालिका मूकदर्शक

बैतडी : जनशक्ति अभाव भएको भन्दै बैतडीको मेलौलीस्थित केशरपुर स्वास्थ्यकेन्द्रमा एक्सरे सेवा बन्द गरिएको छ । 

स्वास्थ्य केन्द्रका कर्मचारीहरुले एक्सरे मेसीन सञ्चालन गरिरहे पनि दक्ष जनशक्ति नहुँदा विगत एक महिनादेखि एक्सरे सेवा बन्द छ । 

जसको प्रत्यक्ष असर यहाँ आउने बिरामीहलाई परिरहेको छ । दैनिक रुपमा एक्सरे गर्ने बिरामीहरु आउने गरेका छन तर एक्सरे नहुँदा बाहीर जानु पर्ने बाध्यता रहेको छ । 

प्यारामेडिक्सहरुले सञ्चालन गरेको भएपनि प्यारामेडिक्सहरुलाई यो सम्बन्धि पुर्ण ज्ञान नहुँदा एक्सरे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर तथा मेडिकल अधिकृत सञ्जिन केसीले बताए । 
उनले भने, “पहिले प्यारामेडिक्सहरुले जसोतसो एक्सरे सेवा दिरहेका थियौँ । तर एक्सरे मेसीन सम्बन्धि उहाँहरुलाई पुर्ण ज्ञान छैन् । यो सम्बन्धि ज्ञान नहुँदा यसले झन स्वास्थ्यलाई हानी पुर्याउँछ । एक्सरे मेसन सम्बन्धि दक्ष जनशक्ति नहुँदा सेवा बन्द गर्न बाध्य भएका हौँ ।’’

एक्सरे मेसीन सम्बन्धि ज्ञान नभइ सेवा दिँदा बिरामीहरुलाई झन खतरा हुने उनले बताए ।  ज्ञान विना एक्सरे सञ्चालन गर्दा यसले शरिरमा हानी हुने उनको भनाइ छ । स्वास्थ्यको दृष्टिकोणले दक्ष जनशक्ति विना एक्सरे सेवा असुरक्षित रहेको उनले बताए । 

एक्सरे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर चाहिने बताउँदै केसीले भने, “रेडियो ग्राफरको पदपुर्ति नहुँदा सम्म एक्सरे सेवा बन्द रहनेछ।’’

स्वास्थ्य केन्द्रका अन्य सामग्रिहरु समेत पुराना भएर काम नलाग्ने भएका छन् । स्वास्थ्य सामग्रिहरुमा खिया लागेर काम नलाग्ने भएको डा. केसीले बताए । सामग्रिको अभाव र जशक्तिको अभावले बिरामीको सेवा प्रवाहमा समस्या भइरहेको उनको भनाइ छ । 

तर स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको मेलौली नगरपालिका भने मूकदर्शक बनेको छ । जनशक्ति पदपुर्तिका लागि नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि स्वास्थ्य जस्तो सम्वेदनशिल ठाउँलाई कुनै चासो नदिएको डा. केसीेले बताए । 

उनले भने, “पटक–पटक नगरपालिकासंग जनशक्तिका लागि अनुरोध गरिरहेका छौँ। तर नगरपालिकाले कुनै चासो नै दिइरहेको छैन् । स्वास्थ्य जस्तो संवेदनशिल ठाउँलाई वेवास्ता गरिरहेको छ । ’’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको छ । 

एक्सरे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर आवश्यक पर्ने र रेडियो ग्राफर नहुँदा एक्सरे मेसिन थन्किएको केशरपुर स्वास्थ्यकेन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । एक्सरे मेसिन बन्द हुँदा चोटपटक लागेका बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

तर नगरपालिकाले भने नयाँ आर्थिक बर्षको बजेटमा जनशक्ति थप्ने जनाएको छ । नयाँ आवमा  जनशक्ति थपेर स्वास्थ्य सेवालाई सहज बनाइने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण चन्दले बताए । 

प्रतिक्रिया