दार्चुला : दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
लेकम-५ राताकाठा बस्ने अन्दाजी ३२ वर्षीया नन्दादेवी (कलावती) बोहराको बुधबार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए।
राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए।
प्रतिक्रिया