२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिम कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

SansherOnline SansherOnline
बिहिबार ०७, असार २०८० ०८:४८
सुदूरपश्चिम कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

 

बैतडी : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले ३ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको कार्यालयले शोक बक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्ला पूर्व पार्टी सभापति समेत रहेका सिंहको शोकमा प्रदेशमा ३ दिन पार्टीको भण्डा आधा झुकाउन निर्देशन दिइएको छ ।

सुदूरपश्चिम सभापति बीरबहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर ३ दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न भनिएको छ । बक्तव्यमा मन्त्री सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको असामयिक निधन भएको घटनाले अत्यन्तै दुखित र मर्माहत बनाएको उल्लेख गरिएको छ ।

मन्त्री सिंहले नेपाली कांग्रेसको पार्टी संगठन निर्माण देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा पुयाएको अतुलनीय योगदानको पनि शोक बक्तव्यमा स्मरणीय गरिएको छ । मन्त्री सिंहको निधनमा प्रदेश सरकारले बुधबार प्रदेश भरी शोक विदा दिएको छ ।

प्रतिक्रिया