२०८१ जेठ ०३ गते बिहिबार
ट्रेन्डिङ

आज विश्वकप विजेता वेष्ट इन्डिजसँग भिड्दै नेपाल

SansherOnline SansherOnline
बिहिबार ०७, असार २०८० ०८:४२
आज विश्वकप विजेता वेष्ट इन्डिजसँग भिड्दै नेपाल

 

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ।

ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो।

खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो।

नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन्।

समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो।

लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान २/२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।

त्यस्तै लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन्। दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन्।

त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया