बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशिला चन्दले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विषयलाई लिएर माफी मागेकी छन्।
जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन् ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले आफ्नो बोली र व्यवहारमा कतै जातीय विभेद गर्ने जस्तो आशय महसुस भएको भए उपप्रमुख र नेताको रुपमा माफी मागेको उल्लेख गरिएको छ ।
जारी प्रेस विज्ञप्तीमा लेखिएको छ ‘यदि मेरो भनाई र व्यवहारमा कहि कतै जातीय विभेद गर्ने आशयको जस्तो महशूस भएको भए यहाँहरुको भावनाको उच्च सम्मान गर्दै नगर उप–प्रमुख र यहाँको नेताको रुपमा क्षमा चाहन्छु ।’
चन्दले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारवाहीको माग सहित सरकारको ध्यानाकर्षण गराएको थियो ।
प्रतिक्रिया