बैतडी : बैतडीमा शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ नवौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला स्तरिय योग समारोह बैतडीको आयोजनामा बुधबार अनौपचारि रुपमा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईको हो ।
बैतडीको आयोजनामा जेठ २९ गते देखि सञ्चालन भएको योग शिविरको आज अन्तर्राष्ट्रिय योग दिवसका दिन भव्यताका साथ समापन गरिएको र दिवसको अवसरमा योगको महत्वका बारेमा जानकारी दिनुका साथै विभिन्न योगहरु गरिएका दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्कर जोशी लगायतका अन्य कर्मचारी र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । विभिन्न किसिमका योगाभ्यासहरु गरे दिवस मनाइएको छ । पछिल्लो समयमा योगप्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ ।
प्रतिक्रिया