२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

कानुन मन्त्री सिंहको शनिवार अन्त्येष्टी

SansherOnline SansherOnline
बुधबार ०६, असार २०८० ०८:०७
कानुन मन्त्री सिंहको शनिवार अन्त्येष्टी

 

बझाङ : मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको शनिबार मात्रै अत्येष्टी गरिने भएको छ । धनगढीमा अन्तिम श्रद्धाञ्जली सभाको आयोजना गरेर मन्त्री सिंहको पार्थिव शरीरलाई बझाङ पुर्याइएको छ ।  

मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लाग्ने भएकाले पार्थिव शरिर चार दिन जिल्ला अस्पतालमा राखिने नेपाली कांग्रेस बझाङका नेता पाण्डव थापाले जानकारी दिए । मन्त्री सिंहका छोरा पुगेपछि शनिबार बझाङमा अन्तिम श्रद्धाञ्जली कार्यक्रमपछि दाहसंस्कार गरिने नेता थापाले बताए । सिंहकी धर्मपत्नी अमृतादेवी सिंहको शव भने मंगलबारदेखि नै जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामै परेर मृत्यु भएकी मन्त्री सिंहकी भाउजु जयादेवी सिंहको शव भने महेन्द्रनगर लगिसकिएको नेपाली कांग्रेस बझाङले जनाएको छ । 

डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह चढेको मोटर दुर्घटनामा परेको थियो । सुपप्र ०१ ००१ झ ४८० नम्बरको जिप हिजो दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया