बैतडी : बैतडीको दोगडाकेदारमा सोलार वितरण गरेको छ । गाउँपालिकाको सुदूरमा रहेको वस्तीमा निशुल्क सोलार वितरण गरेको हो।
गाउँपालिकाले वडा नम्बर १ को गैरिखेत टोलका १२ घरपरिवारलाई निशुल्क सोलार वितरण गरिएको छ ।
गाउँपालिकाबाट सबैभन्दा टाढा र विजुलीको पहुँच बाहिर रहेका परिवालाई गाउँपालिकाकै लगानीमा सोलार वितरण गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनु भयो ।
घरमा उज्यालो भएपछि बालवालिकालाई पढ्न सजिलो हुने र रातीको समयमा हुने घटना नहुने गाउँपालिकाले अपेक्षा गरेको छ ।
प्रतिक्रिया