बैतडी : राष्ट्रिय खोप कार्यक्रम अन्तरगत बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
स्थानीय स्वामित्व र सहभागीता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नारा सहित एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
खोपतालिका अन्तरगतका सबै कार्यक्रम पुरा गरि वडा हुदै पालिका र पालिका हुँदै जिल्लामा खोप लगाएका नलगाएका बालवालिकाहरुको डाटा एकिन गरेर मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
सथानीयतहका जनप्रतिनिधी र स्वायमसेवीकाहरुको सहयोगले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सकिएको स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थय निर्देशक डा जग्दीस जोशीले बताउनु भयो ।
अहिले १३ रोग विरुद्धको १४ वटा एन्टीजेन विभिन्न खोपकेन्द्र मार्फत दिईरहेको उनले बताए । जिल्लालाई २०७२ सालमा पूर्ण खोपजिल्ला घोषणा गरिएको थियो ।
सन २०२२ को सर्वेक्षणले अझैपनि ४ प्रतिशत वालवालिका विभिन्न खोप नलागाएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया