बैतडी : बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ ।
स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् ।
पाटन नगरपालिकाले नीति, कार्यक्रम तथा बजेटका लागि एक साताअघिदेखि नै सुझाव लिन सुरु गरेको छ । सोमबार पनि राजनीतिक दल, महिला, ज्येष्ठ नागरिक तथा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसायलगायत विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिबाट सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । प्राप्त सुझावहरूकै आधारमा आगामी वर्षको नीति, कार्यक्रम बनाइने उहाँले जानकारीदिनुभयो ।
सिगास पनि नीति, कार्यक्रम तथा बजेट बनाउनेतर्फ केन्द्रित भएका छ। सकभर सबै पक्षसँग आगामी नीति, कार्यक्रमका विषयमा सुझाव लिएर समृद्ध सिगास गाउँपालिका बनाउने लक्ष्यलाई कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने छौँ ।” उपाध्यक्ष धाना धामीले भन्नुभयो।
दशरथचन्द नगरपालिकाले उत्पादन र रोजगारी वृद्धि गर्ने खालका र समयमै कार्यान्वयन हुने योजनालाई आगामी वर्षमा प्राथमिकता दिने भएको छ । वितरणमुखीभन्दा पनि नतिजा दिने खालका योजनामा बजेट विनियोजन गरिने नगरपालिका उप– प्रमुख काैशिला चन्द जानकारी गराउनु भयो। नगरपालिकामा पर्यटन, कृषिको अधिक सम्भावना भएकाले प्राकृतिक स्रोतको उपयोग गर्दै त्यसलाई पालिकाको विकासमा लगाइने लक्ष्य रहेको नगर प्रमुख पुष्कर राज जाेशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, दशरथचन्दमा प्राकृतिक स्रोतको उपयोग गर्दै कृषि र पर्यटनका माध्यमबाट स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम ल्याउने र समानुपातिक विकासलाई ध्यान दिइनेछ ।”
प्रतिक्रिया