२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङ दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु , मन्त्री सिंह गम्भीर उपचारका लागि नेपालगञ्ज पठाइयो

SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० ०४:२७
बझाङ दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु , मन्त्री सिंह गम्भीर उपचारका लागि नेपालगञ्ज पठाइयो

 

बझाङ : बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहकाे ज्यान गएकाे हाे ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हाे ।

दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लैजान लागिएकाे प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया