बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। आज (मंगलबार) दिउँसो १ बजेर ४५ मिनेट बित्दा जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो।
प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी नदी किनारमा खसेको हो।
सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।
मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।
चालक धर्मराज जोशीको अवस्था माध्यम रहेको छ । पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको जोशीले बताइन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।
प्रतिक्रिया