२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुराको आलितालमा प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने :अध्यक्ष पार्की

SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० ११:११
डडेल्धुराको आलितालमा प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने :अध्यक्ष पार्की

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ। गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले पालिकाको विकासका लागि प्रदेशबाट बजेट विनियोजन नगरेको भन्दै यस्तो आक्रोस पोखेका हुन्।

पालिका स्तरबाटै छनौट गरि पठाएको योजनालाई पनि प्रदेश सरकारले सुनुवाइ नगरेको भन्दै प्रदेश सरकारलाई पालिकामा निषेध गर्ने उनको चेतावनी छ।

‘पालिका स्तरबाट छलफल गरि प्राथमिकताको आधारमा पठाइएका योजना नपर्नु ? यदि बजेट हाल्नु नै थिएन भने पालिका स्तरमा छलफल चलाउनुको के अर्थ थियो ? पालिकामा पुगेर आफैले किन आश्वासन दिनुभयो ? हामी पालिकावासीको घोर अपमान भएको महसुस भएको छ ?’ उनले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि आलिताल गाउँपालिकाको घुम्ती आलिताल जोड्ने पुल निर्माण लगायत पालिकाको सिफारिसमा गएका योजनाको बजेटको बिनियोजन गरिएन भने आलिताल गाउँपालिकामा प्रदेश सरकारका फाल्तु बोल्ने मन्त्री ज्यूको निषेध गरिने जानकारी गराउँछु।’

प्रतिक्रिया