२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

अगि बिहानै भूकम्पले हलायो दार्चुला

SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० १०:४७
अगि बिहानै भूकम्पले हलायो दार्चुला

दार्चुला : दार्चुलामा आज बिहानै भूकम्प गएको छ । जिल्लाको खण्डेश्वरी आसपास केन्द्र भएर बिहान ४ बजेर ५४ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

दार्चुलाको खण्डेश्वरी र आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । पछिल्लो समयमा नेपालका पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम बढ्दै गएको छ । यसअघि जेठ २९ गते बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।  

नेपालको पश्चिमी क्षेत्रमा ५ सय बर्ष यता ठूलो भूकम्प नगएकाले यो क्षेत्रमा ठूलो भूकम्पको सम्भवान रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् । 

प्रतिक्रिया