२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

जयपृथ्वी राजमार्ग बन्द कालोपत्रेको माग, यात्रुहरू अलपत्र

SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० १०:२२
जयपृथ्वी राजमार्ग बन्द  कालोपत्रेको माग, यात्रुहरू अलपत्र

बझाङ : जयपृथ्वी राजमार्गको अन्तिम बिन्दु भोपुर खोलासम्म कालोपत्रे हुनुपर्ने मागसहितको भोपुरबासीले सडक बन्द गरेका छन् । ठेकेदार कम्पनीले जयपृथ्वी नगरपालिका -११ भोपुर बजार क्षेत्रमा कालोपत्रेका लागि खनेर छोडेको र अहिले सिमभाडीसम्म मात्रै कालोपत्रे गरेको भन्दै भोपुरका बासिन्दाले मंगलबार बिहानैदेखि चैनपुर-ताक्लाकोट सडक बन्द गरेका हुन् ।

कालोपत्रे लागि निर्माण कम्पनीले अन्तिम बिन्दुसम्म खनेकाले अहिले भोपुर(लाल्टिन) बजार क्षेत्रमा हिलोधुलो भएकाले हिड्न असहज भएको  भन्दै भोपुरबासीले चैनपुर- ताक्लाकोट सडक बन्द गरेको स्थानीय दिलबहादुर खातीले बताउनुभयो ।

उहाँका अनुसार आफुहरुको बजार क्षेत्रमा कालोपत्रे गरिनुपर्ने माग सम्बोधन नभएसम्म बन्द यथावत रहने भएको छ । चैनपुरबाट तल्कोट, मष्टा र साइपाल  जाने यात्रुहरू सडक बन्दका कारण अलपत्र परेका छन् ।

प्रतिक्रिया