२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

दनपाले फरक क्षमता भएका व्यक्तिहरुको लागि मैन वत्ति तालिम

SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० ०७:५२
दनपाले फरक क्षमता भएका व्यक्तिहरुको लागि मैन वत्ति तालिम

बैतडी : बैतडीका स्थानीयतहहरुले फरक क्षमता भएका व्यक्तिहरुको आत्मनिर्भरका कार्यक्रम नगरेको पाइएको छ ।

दशरथचन्द नगरपालिका बाहेक अरु नौ स्थानीयतहहरुले फरक क्षमता भएका व्यक्तिहरुको लागि कुनै पनि कार्यक्रम नगरेको जिल्ला अपाङ्ग संघ बैतडीका अध्यक्ष लोकेन्द्र बहादुर चन्दले बताउनु भयो ।

उनले भने “अरु स्थानियतहले  अपाङ्गता परिचयपत्र वितरण बाहेकका कुनै कार्यक्रम गरेको न सुनेको छु नदेखेको छु” ।

दशरथचन्द नगरपालिकाको आर्थिक सहयोगमा नगर अपाङ्ग कार्य समितिको सहजीकरणमा फरक क्षमता भएका व्यक्तिहरुलाई तिन दिने मैन वत्ति तालिम र उनीहरुलाई दैनिक जीवनमा आवस्यक पर्ने सरसमान हस्तान्तरण गरिएको छ ।

सोही कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले दशरथचन्द नगरपालिकाबाट अरु स्थानीयतहले पनि पाठ सिक्नु पर्ने बताए । तालिममा नगरपालिका भरिका २२ जना फरक क्षमता भएका व्यक्तिहरुको सहभागीता थियो

सजिलो र कम पूजीमा व्यवसाय संचालन गर्न सकिने भएकाले मैन बत्तिको तालिम दिएको नगर अपाङ्ग कार्य समितिले जनाएको छ ।

प्रतिक्रिया