बैतडी :बैतडीको सिगास गाउँपालिकामा एक बालिकाको लडेर मृत्यु भएको छ । गाउँपालिककाको वडा नं. १ माणौ निवासी अन्दाजी ५/६ वर्षीय हेमन्ती धामीको विद्यालय बाट घर फर्कने क्रममा गडान भन्ने ठाउँमा बाटो बाट लडेर मृत्यु भएको हो ।
वडा नं. १ को श्री पञ्चोदय माध्यमिक विद्यालय घर फर्कने क्रममा गडान भन्ने ठाउँमा बाटो बाट लडेर मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिनुभएको छ ।
मृतक हेमन्ती धामी पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा एकमा अध्यनरत विद्यार्थी हुन ।
प्रतिक्रिया