२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

एमाले बैतडी जिल्ला अधिवेशनमा बने दुई प्यानल,पाल र चन्दले प्यानलसहित गराए उमेदवारी दर्ता

SansherOnline SansherOnline
आइतबार २५, पुष २०७८ १०:२७
एमाले बैतडी जिल्ला अधिवेशनमा बने दुई प्यानल,पाल र चन्दले प्यानलसहित गराए उमेदवारी दर्ता

बैतडी– नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको छ ।पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उमेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उमेदवारी दिएका छन् ।यसैगरी चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा,सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उमेदवारी दिएका छन् ।सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।आजै बिहान ११ बजेबाट मतदान हुनेछ भने जिल्लाभरीबाट ५ सय ३५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया