२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा एमालेको चुनाव प्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग

SansherOnline SansherOnline
आइतबार १८, बैशाख २०७९ ११:५६
बैतडीमा एमालेको चुनाव प्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग

बैतडी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारका लागि बैतडीमा भारतीय भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ । नेकपा एमालेको तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरित भारतीय गाडी प्रयोग गरेका हुन् । 

निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा प्रयोग गरेका छन् । 

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान रहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । 

 

प्रतिक्रिया