२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

नेकपा (एकीकृत समाजवादी) बैतडीले गर्याे ४ स्थानिय तहमा आफ्नो जीत सुनिश्चितको दाबी

SansherOnline SansherOnline
मङ्गलबार ०३, फागुन २०७८ ०६:२५
नेकपा (एकीकृत समाजवादी) बैतडीले गर्याे ४ स्थानिय तहमा आफ्नो जीत सुनिश्चितको दाबी

बैतडी ।नेकपा (एकीकृत समाजवादी) ले बैतडीका १० वटा स्थानिय तहहरुमध्ये ४ स्थानिय तहमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेको छ । मगंलवार समाजवादी प्रेस संगठन बैतडीले सदरमुकाम गोठलापनीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै समाजवादी जिल्ला अध्यक्ष महादेब भट्टले यस्तो दाबी गरेका हुन् । जिल्लाको सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा आफुहरुको अगामी स्थानिय तहको निर्वाचनमा आफुहरुको जीत सुनिश्चित रहेको अध्यक्ष भट्टले दाबी गरेका हुन् । संगठन निर्माणको अवस्था तथा नागरिकहरुको समाजवादी पार्टीप्रतिको आर्कषण लगायतका कुराहरुलाई आधार मानेर यी चार पालिकाहरुमो सहजै जित्न सकिने अध्यक्ष भट्टको दाबी छ ।

यस्तै जिल्लाका अन्य पालिकाहरुमा पनी आफुहरु कमजोर नरहेको उल्लेख गर्दै अध्यक्ष भट्टले चुनाव जित्ने तरिकाले लागी रहेको जानकारी गराउनु भएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले बैतडी जिल्ला भरि ४ हजार बढी संगठित सदस्य रहेको जनाएको छ । राजनितिक बृतको आएको परिर्बतनसंग एमाले फुट्ने बेलामा आफुहरुसंग २ हजार संगठित सदस्य आएको र अहिले आफुहरुले झण्डै पच्चीस सय सदस्य थलेको पार्टीले जनाएको छ । पालिका स्तरमा भने अहिले पनी सदस्यता वितरणको काम भईरहेको जनाईएको छ । जिल्लाका ८४ वटाहरुमध्ये अहिलेसम्म ६४ वडाहरुमा कमिटि विस्तार भईसकेको र अन्य वडाहरुमा पनी फागुन १५ गतेभित्र कमिटि गठन गरिसक्ने समाजवादी बैतडीले जनाएको छ ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै सुदुरपश्चिम प्रदेश सरकारी पुर्ब वन, वातारण तथा पर्यटन मन्त्री एबंम नेकपा (एकीकृत समाजवादी) नेतृ माया भट्टले अगामी स्थानिय तहको निर्बाचनमा आफ्नो पार्टीले तहल्का मच्चाउने दाबी गरेकी छन् । नागरिकहरुको आर्कषण अहिले आफ्नो पार्टीप्रति बढ्दै गएको दाबी गर्दै भट्टले अझै बालियो बन्न आफुहरुले कडा संर्घष गर्ने बताउनुभएको छ । पार्टीको ब्यापक प्रचारप्रसार गर्ने, संगठन निर्माणलाई तिब्रता दिने तथा कमिटि पुर्नगठन लगायतका कामहरु गरेर अगामी निर्बाचनसम्म आफुहरु झनै बलियो बन्ने भट्टले बताएकी छन्। अहिले जता सुर्य चिन्ह छ उसैले जित्छ भन्ने भ्रम पनी रहेकाले त्यस्ता भ्रममा नलाग्न समेत पार्टीले नागरिकहरुमा आग्रह गरेको छ । चुनाव चिन्ह मात्रै प्रमुख कुरा नरहेको उल्लेख गर्दै अध्यक्ष भट्टले नागरिकहरुले आफुहरुलाई जिताउन कमल चिन्हमै मतदान गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया