२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगासको चुवाँ कुडिपातलमा पनि फल्न थाल्यो स्याउ

SansherOnline SansherOnline
बुधबार १७, जेठ २०८० १०:१७
सिगासको चुवाँ कुडिपातलमा पनि फल्न थाल्यो स्याउ

बैतडी : सामान्यत स्याउलाई आवश्यक हावापानी हिमाली भेगमा हुन्छ। तर हिमाल क्षेत्रमा फल्ने स्याउ बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नं ९ चुवाँ कुडिपातलमा पनि फल्न थालेको छ।  

कुडिपातलमा स्याउ फल्न थालेपछि स्थानीयहरु समेत खुसी भएका छन् । कुडिपातलको स्याउको स्वाद चाखेकाहरु स्याउ फल्दा खुसी भएका हुन् । 

स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नु पर्ने किसानहरूको भनाइ छ । ‘गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ’, त्यस्तै स्याउ फुल्ने समयमा असिना पर्ने गरेका कारण थप समस्या छ बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेको किसानको भनाइ छ ।

अहिले २०र२५ बोटमा मात्रै फल लागेको छ भने बाँकी केहीमा फुल्दै छन्। बारीमा भएको केही बोट २ वर्षमा फल्ने खालको भएकोले पनि यस वर्ष सबैमा फलेनन् छन 

फलेका स्याउहरुमा पनि साना साना कालो दाग देखिएका छन्। स्याउलाई आवश्यक पर्ने मल समयमा नपाउँदा फलेको पहिलो वर्षमा नै स्याउमा कालो दाग देखिएको किसानको भनाइ छ। 

‘खासमा स्याउलाई उपयुक्त माटो पनि भएन होला। फेरि स्याउलाई आवश्यक मलजन्य सामान पनि पर्याप्त मात्रामा पाइएन। त्यसैले स्याउका दानामा दाग लागेको हुन सक्छ,’ किसानहरूले भने।

व्यक्तिगत र सामुहिक प्रयासमा कुडिपातलवासीले स्याउखेती गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अर्को लक्ष्य छ ।  

प्रतिक्रिया