२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

भ्रष्टाचारविरुद्ध काम गर्न नसके सरकारमाथि औँलो ठडिनेछ : माधव नेपाल

SansherOnline SansherOnline
सोमबार १८, बैशाख २०८० १०:२८
भ्रष्टाचारविरुद्ध काम गर्न नसके सरकारमाथि औँलो ठडिनेछ : माधव नेपाल

 

 

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

 

सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारबाट निकै आशा गरेको बताए ।

अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामले ठूला दलहरू सतर्क बन्नुपर्ने र कमीकमजोरीहरू खोज्नुपर्ने देखाएको बताए ।

उनले भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन नसके सरकारमाथि औँलो ठडिनेतर्फ सचेत गराए ।

प्रतिक्रिया