२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

सुर्नया नदीमा करोडौंका माछा पाल्ने याजना : अध्यक्ष कुँवर

SansherOnline SansherOnline
सोमबार ११, बैशाख २०८० ०६:४३
सुर्नया नदीमा करोडौंका माछा पाल्ने याजना : अध्यक्ष कुँवर

बैतडी : सुर्नया गाउँपालिका अध्यक्षले आगामी पाँच वर्षसुर्नया नदी किनारै किनारमा पोखरी निर्माण गरेर करोडौंका माछा पाल्ने योजना अघि सार्नु भएको छ । 

डोजरले जथाभावी सडक खन्दा नदीमा लेदो बगेर सुर्नया नदीका माछा लोप भएको भन्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले आगामी पाचँ वर्षे कृषि रणनीतिमा करोडौंका माछा पाल्ने याजना तर्जुमा गर्नु भएको हो । 
अध्यक्ष कुँवरले जिल्ला स्तरीय प्रादेशिक कृषि विकास रणनीति समितिको वैठकमा गाँउपालिकाको पाँच वर्षे रणनीति अनुसार माछा पाल्ने योजना अघि सार्नु भएको छ । 

गाँउपालिकाको कृषि रणनीति अघि सार्दै अध्यक्ष कुवरले भन्रभयो मेरो पालिकामा भैंसी पाल्ने याजना हटाईदिनुहोस् सुर्नया नदी किनारका किसानलाई माछा पोखरीमा अनुदान दिएर माछा पाल्ने योजना राख्छु । आगामी पाँच वर्षे कृषि रण्नीतिमा माछापालन मुख्य योजना सुर्नयाको पहिचान हुने छ । 

वैशाख ८ गते भेटनरी अस्पताल र कृषि ज्ञानकेन्द्रले बैतडी सदरमुकाममा आयोजना गरेको पालिकास्तरीय कृषि रणनीति निर्माण गर्ने वैठकमा अध्यक्ष कुँवरले सुर्नया गाउँपालिकाले माछा पालेर अलगै पहिचान बनाउने चाहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा बैतडीका १० वटै स्थानीय तहका प्रमुख.उपप्रमुखको सहभागिता रहेको थियो । 
सुदुरपश्रिम प्रदेश सरकारले व्यत्तिगत पहुँचका आधारमा योजना आएको गुनासो बढेपछि स्थानीय तहलाई पाँच वर्षे कृषि रणनीति बनाएर आवश्यक बजेटका लागि योजना तय गरेर पठाउन निर्देशन दिएपछि बैतडीका स्थानीय तहलाई पाँच वर्षे कृषि रणनीति बनाएर आवश्यक बजेटका लागि योजना तय गरेर पठाउन निर्देशन दिएपछि बैतडीका स्थानीय तहले पाँच वर्षे कृषि रणनीति बनाएका छन । 
स्थानीति तहको कृषि रणनीतिमा तर्जुमा गरेर प्रदेश सरकारलाई पठाउने तयारी गरेका छन । 
 

प्रतिक्रिया