बैतडी : पाटन नगरपालिका १० मा शुक्रबार देखि निःशुल्क आँखा शिविर शुरु भएको छ । शुक्रबार पहिलो दिन २४० जनाले सेवा पाएका छन् । १४ जनाको शल्यक्रिया समेत गरिएको छ ।
पाटन नगरपालिका वडा नं १०, महालक्ष्मी तथा साना किसान सहकारी संस्था र च्यारीटी हेल्थ फाउण्डेसन नेपाल धनगढीको सयुक्त आयोजनामा शुरु भएको शिविर  आइतबारसम्म चल्ने छ । 
आँखासम्बन्धी समस्या भएका बिरामीहरुले निशुल्क सेवा लिन सक्ने आयोजनकले जनाएको छ । 
प्रतिक्रिया