२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा अपांग महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पुरुष पक्राउ

SansherOnline SansherOnline
सोमबार १५, फागुन २०७९ ०७:३२
बैतडीमा अपांग महिलामाथि बलात्कार गरेको आरोपमा एकजना  पुरुष पक्राउ

बैतडी –बैतडीको  मेलौलीमा अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । मेलौली नगरपालिका –७ की २४ बर्षीया अपांग महिलामाथि बलात्कार गरेको आरोपमा ५६ बर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ । 

‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित पीडित महिलाका आफन्तको  आइतबार  प्रहरीमा जाहेरी आएपछि आरोपित भट्टलाई पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले  बताएका छन्।   आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताएका छन्। 

पीडित अपांगता भएकी महिलालाई ती पुरुषले पहिलापनि बलात्कार गरेको भिडियो समेत सार्वजनिक गरिएको छ । पीडितका आफन्तहरुले महिलामाथि पटक–पटक बलात्कार भएको बताएका छन् । 

प्रतिक्रिया