२०८२ असोज ०२ गते बिहिबार
ट्रेन्डिङ

सलसेनामा खसेकाे पहिरो पन्छाइयाे, अवरुद्ध महाकाली राजमार्ग सुचारु

SansherOnline सन्शेर अनलाइन
बिहिबार ०२, असोज २०८२ १०:५७
सलसेनामा खसेकाे पहिरो पन्छाइयाे, अवरुद्ध महाकाली राजमार्ग सुचारु

बैतडी । बैतडीको दाेगडाकेदार गाउँपालिका ५ सलसेनामा पहिरो खसेर अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ ।  

सलसेनामा बिहीबार राति पहिरो खसेर राजमार्ग फेरि अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि शुक्रबार बिहानदेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयाे । 

राजमार्ग सुचारु भएसँगै हिजो रातिदेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका छन् । उक्त ठाउँमा पहिरोको जोखिम भने कायमै रहेको छ । 

मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक राजमार्ग अवरुद्ध भएको थियो 
 

प्रतिक्रिया