बैतडी- झुलाघाटमा अचेत अवस्थामा भेटिएका बैतडीका एक युवकको मृत्यु भएको छ । आज दिउँसो १ बजे झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका अन्ताजी ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिला अस्पताल बैतडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिएका छन।
रोजगारीको सिलसिलामा भारतमा रहेका चन्दको आज घर फर्किने क्रममा यो घटना घटेको बताइएको छ ।
प्रतिक्रिया