२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

पोखरामा भएको विमान दुर्घटनामा भोलि शोकबिदा दिने सरकारकाे निर्णय

SansherOnline SansherOnline
आइतबार ०१, माघ २०७९ ०४:०३
पोखरामा भएको विमान दुर्घटनामा भोलि  शोकबिदा दिने सरकारकाे  निर्णय

 बालुवाटारमा बसेको आकस्मिक  मन्त्रिपरिषद्को  बैठकले भोलि शोक बिदा दिने निर्णय गरेको छ।

‘आज पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भोलि माघ २ गते घटनामा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको  सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन।

आज काठमाडौंबाट  ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटनामा परेको थियो। काठमाडौंबाट १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो।

हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको बताइएको छ। विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन।

यसैगरी मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण छानबिन गर्न पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो। 

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा रहेका छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। 

 गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो। 

प्रतिक्रिया