२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तराईमा हुस्सु

SansherOnline SansherOnline
आइतबार २४, पुष २०७९ ०८:४८
सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तराईमा हुस्सु

बैतडी, आइतबार सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सुरकुहिरो र शितलहर चलिरहेको जनाएकोे छ।

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 
तराईका केही  भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया