२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक भत्ता दिने

SansherOnline SansherOnline
आइतबार १२, भदौ २०७९ ०९:३६
दार्चुलाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक भत्ता दिने

दार्चुला । दार्चुलाको एक स्थानीय तहले निः सन्तान दम्पतीलाई भत्ता दिने भएको छ । जिल्लाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको हो ।

गाउँपालिकाको बुधबारकार्यपालिका बैठकले  ४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्को  विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका निःसन्तान दम्पती दुवै जनालाई संघीय सरकारको भत्ता लागू नहुँदासम्म मासिक रूपमा ५ सय रुपैयाँ का दरले गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष मंगलसिह धामीले बताए । 

व्यास गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गर्दै भत्ता दिने निर्णय गरेको हो ।यसलाई व्यास गाउँपालिकाले प्रत्येक वर्ष समय सुहाउँदो थप गरी एकल पुरुष र निःसन्तान दम्पतीलाई निरन्तर रूपमा भत्ता दिने अध्यक्ष धामीले बताए । 

प्रतिक्रिया