बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ ।
वडा नं २ स्थित निङ्गलासैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भदौ २२ गते आइतबार नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको हाे ।
नगर उपप्रमुख कौशिला चन्दद्वारा हस्ताक्षरित सूचनामा आइतबार नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्था लगायतमा सार्वजनिक बिदा रहेको उल्लेख छ ।
निङ्गलासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशी मेला शुरु भइसकेको छ । उक्त मेला भाद्र शुक्ल पूर्णिमका दिन समापन हुने गर्छ । याे मेला ताका तथा देहीजातका नामले प्रचलित छ ।
प्रतिक्रिया