बैतडी । सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनको प्रकिया अघि बढाएको छ ।
मन्त्रालयले बिहीबार रातिदेखि लागू हुने गरी सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरण नभएपछि बन्द गर्ने सामाजिक सञ्जालको सूचीसहित मोबाइल तथा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरुलाई पत्राचार गरेको छ । सूचीअनुसार फेसबुकदेखि नेपालको हाम्रो पात्रोसम्म समेटिएका छन् ।
यता, इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सूचीकृत हुन नआएका सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयनको तयारी सुरु गरेको छ । आइस्पानको आज बसेको बैठकले प्राविधिक समितिलाई सक्रिय बनाउँदै भोलि दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि निर्णय कार्यान्वयन गर्ने जनाएको छ ।
यी हुन् बन्द हुने सामाजिक सञ्जालहरु
फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिनइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्ब्लर, क्लबहाउस, मास्टडोन, रम्बल, मिवी, भिके, लाइन, इमो, जालो, हाम्रोपात्रो, सोल
प्रतिक्रिया