बैतडी । पाटन नगरपालिका ७ दनखोलामा वन्यजन्तुबाट बाली जाेगाउन राखेकाे करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
वन्यजन्तुबाट मकै बाली जाेगाउने उद्देश्यले स्थानीयले थापेको विद्युतीय पासोमा परेर साेमबार साेही गाउँकी ५४ वर्षीया पार्वती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका नायब निरीक्षक बलराम पाण्डेका अनुसार विद्युतीय पासोमा परेको खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याइने उहाँले बताउनुभयाे ।
प्रतिक्रिया