२०८१ कार्तिक २८ गते बुधबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार २५, कार्तिक २०८१ ०३:००
ओली सरकारका दुई मन्त्रीको पद धरापमा : मन्त्री भण्डारीको पार्टीभित्रै आलोचना, पैसा असुली पनि..

काठमाडाैं : सङ्घीय सरकारबाट मन्त्री फिर्ता बोलाउने चर्चासँगै नेकपा एमालेका दामोदर भण्डारी र नेपाली कांग्रेसका बद्री पाण्डेको पद धरापमा देखिएको छ । दुवै मन्त्रीको कार्यसम्पादनमा चित्त नबुझेपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई फिर्ता पठाउने तयारी गरेको स्रोतको दाबी छ । 

मन्त्री भण्डारीले आर्थिक अनियमितता गरेको, बिचौलिया लगाएर सुपारी, वाइनको व्यवसाय गर्ने उद्योगीहरुबाट पैसा असुली गरेको जानकारी पाएपछि ओलीले उनलाई मन्त्री पदबाट हटाउन लागेको बताइएको छ । हिजो (शनिबार) बसेको एमाले सचिवालय बैठकमा पनि मन्त्री दामोदर भण्डारीको कार्यसम्पादन अत्यन्तै कमजोर देखिएकाले मन्त्रालयबाट फिर्ता बोलाउनेबारे छलफल भएको स्रोतले बताएको छ ।  

यसैगरी कांग्रेसकाे शेखर कोइराला समुहबाट पर्यटन मन्त्री बनेका बद्री पाण्डेले पार्टी र समूहको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेसबाटै उनलाई पदबाट हटाउन दबाब आएको बताइएको छ । पाण्डेबारे पार्टी र समुहमै आलोचना भइरहेको र कार्यसम्पादन पनि कमजोर देखिएकाले प्रधानमन्त्री ओलीले उनको बिदाई गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली दुवै मन्त्रीलाई जुनसुकै बेला पनि हटाउन सक्ने बताइएको छ ।-कागजपत्रबाट  

प्रतिक्रिया