बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाका अवसरमा दुई दिन २६ र २७ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचना भनिएको छ ।
हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । बिदामा नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्थालगायत सार्वजनिक निकाय बन्द रहने छन् ।
यसैगरी २५ र २६ गते देउडा कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ । मेलाको पूर्वसन्ध्यामा देउडा कार्यक्रम आयोजना गरिएको रेडियो सनशेर र सनशेर अनलाईनका पुर्चौडी संवाददाता डीआर भट्टले जानकारी दिए ।
यस देउडा कार्यक्रममा स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरुले देउडामाफर्त आफ्नो प्रस्तुती राख्ने बताइएको छ ।
प्रतिक्रिया