२०८१ पुष २१ गते आइतबार
ट्रेन्डिङ

बैतडीको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल सिगास धुरा धाममा आज जात

SansherOnline SansherOnline
शनिबार २४, कार्तिक २०८१ १०:०३
बैतडीको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल सिगास धुरा धाममा आज जात

बैतडी : बैतडीको सिगास गाउँपालिकामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल सिगास धुरा धाममा आज जात हुने भएको छ ‌। गाउँपालिकाको वडा नं २,४ र ८ को बिच सिमानामा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिगास धाममा आज रतेडी जात हुने भएको हो ।

कार्तिक शुक्ल अष्टमी र नवमीमा मेला लाग्ने गर्दछ । जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । । सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले यस मन्दिरमा टाढाटाढाबाट समेत भक्तजनहरु पुग्ने गरेका छन् ।

समुद्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको सिगास धुरा जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो । परापूर्वकालमा कैलाशबाट भगवान शिव सिगास धुरामा आएका जनविश्वास रही आएको छ । बोहरा थरका व्यक्तिले सिगास देवता पाएको किम्वदन्ती रहेको छ ।

सिगासको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् ।’सिगास धुरामा हरेक बर्ष असोज शुक्ल पक्षको पञ्चमीदेखि पूजा लागेर असोजको शुक्ल अष्टमीमा जात्रा हुने गरेको छ । यस्तै चैत्राष्टमीमा पनि मन्दिरमा जात्रा हुने गरेको छ। यसका साथै सिगास धुरामा साउनको महिना भारत सहित नेपालका विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने गरेका छन् ।

प्रतिक्रिया