तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।
गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थियो । २०७४ साल चैत १४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।
प्रतिक्रिया