२०८१ मङि्सर १८ गते मङ्गलबार
ट्रेन्डिङ

दार्चुलाको जगतपुरी शिवधाममा कोटिहोम महायज्ञको अवसरमा गरियो त्रिपुरेश्वर महादेव स्थापना

SansherOnline SansherOnline
सोमबार १९, कार्तिक २०८१ ०५:४३
दार्चुलाको जगतपुरी शिवधाममा कोटिहोम महायज्ञको अवसरमा गरियो त्रिपुरेश्वर महादेव स्थापना

बैतडी : दार्चुलाको शैल्यशिखिर ९ गोकुलेश्वरमा रहेको जगतपुरी शिवधाममा सोमवार आज रुद्राभिषेक ग्रहशान्ति र त्रिपुरेश्वर महादेव स्थापना गरिएको छ  । कार्तिक एक गतेबाट विश्व शांति, राष्ट शान्ति र पृतिशान्तिको कामना गर्दै शुभारम्भ गरिएको कोटिहोम महायज्ञमा दैनिक बिहान बेलुका राष्ट्रिय पण्डित श्री केशब राज ओझाको मुखारविंद बाट प्रबचनका साथै आरती भजन किर्तन ,पुराण वाचन गरि रहेको जगतपुरी शिवधाम कोटिहोम महायज्ञ व्यवस्थापन समिति सचिव किशोर राज बिष्टले बताए  ।

कार्तिक १ मा शुभारम्भ भइ कार्तिक २१ गते समापन गरिने कोटि होम महा यज्ञमा ९ गते १०८ कन्या पूजन,१५ गते १ करोड १ लाख चर्मण्यावती मा दिपपज्वलन गरी लाख बत्ती बाल्ने कार्यको उद्घाटन,१६ गते १०८ वटा गाईको दुग्ध धारा दिई गँगाको माताको सम्मान र १९ गते रुद्राभिषेक ग्रह शान्ति र त्रिपुरेश्वर महादेबको स्थापना जस्ता कार्य गरिएको कोटिहोम महायज्ञ व्यवस्थापन समिति सदस्य पूर्ण बहादुर साउदले जानकारी दिए  ।

धार्मिक, सास्कृतिक र पर्यटकिय महत्व बोकेको यस धाममा महाशिवरात्रिमा भव्य मेला लाग्ने गर्छ  । शिबधाम क्षेत्रको सर्वाङ्गिक बिकास लागी सबैराजनैतीक दल ,सँघिय सरकार प्रदेश सरकार, स्थानीय सरकार ,बुद्धिजीवी समाजसेवी सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै आफु सधै लागि रहने साउदले बताए  । 

प्रतिक्रिया