बैतडी : बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १ बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वती लाई एक्कासी छिमेकीको बोका आएर हान्दा उनि करीब ५ सय मिटर तल खसेकी थिईन । बोकाले हानेर ५ मिटर तल खसेकि भट्टको घट्नास्थलमै मृत्यु भएको हो।
मृतक भट्टको घरमा चार छोरा र चार छोरी छन् । तिहार सकिए लगत्तै भीरबाट लडेर पार्वतीको निधन भएपछि सिंगो तडिगाउँ शोकमा डुबेको छ ।
प्रतिक्रिया