२०८१ कार्तिक २८ गते बुधबार
ट्रेन्डिङ

बैतडीको सिगासमा ग्यास सिलिण्डर पडकिँदा १ जना घाइते , अवस्था गम्भीर

SansherOnline SansherOnline
सोमबार १९, कार्तिक २०८१ ०२:३५
बैतडीको सिगासमा ग्यास सिलिण्डर पडकिँदा १ जना घाइते , अवस्था गम्भीर

बैतडी : बैतडीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा एक जना घाइते भएका छन् । सिगास गाउँपालिका वडा नं ९ चौखाम स्थित स्थानीय शिक्षक सालिभान धामीको घरमा राखेको ग्यास लिग भइरहेको ग्याँस सिलिण्डर बनाउने  क्रममा पड्किँदा अन्दाजी ४५ वर्षका सुरेन्द्र धामी घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

सिगास गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष कृष्ण धामीका अनुसार हिजो आईतबार बिहान ग्यास लिक भएर आगलागी हुँदा १ जना घाइते भएका छन् । हिजो नै घाइते भएका सुरेन्द्र धामीलाइ डडेल्धुरा अस्पताल पुर्याएको डडेल्धुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । 

यसैगरी शिक्षक धामीकी श्रीमती अन्दाजी ३८ वर्षीया धनमती धामी पनि समान्य घाइते भएकी छन् । उनि स्थानीय देउलेक स्वास्थ्य केन्द्रबाट उपचार गरी घर फर्किएकी छन् । 

प्रतिक्रिया