२०८१ पुष २१ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा राति १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न र देउसी भैलो खेल्न नपाइने

SansherOnline SansherOnline
शुक्रबार १६, कार्तिक २०८१ ०८:३६
बैतडीमा राति १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न र देउसी भैलो खेल्न नपाइने

बैतडी : बैतडीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको हो।

प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।

प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि आग्रह गरेको छ । प्रशासनले तोकेको समय भन्दा बढी देउसी भैलो खेलेको तथा अन्य गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचना उल्लेख गरिएको छ ।

दिपावलीमा दियो, मैनवत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरू बालेर दिपावली मनाउँदा आगजनी जस्ता विपद्का घटना हुनसक्ने भएकोले सचेत हुन समेत अनुरोध गरेको छ

प्रतिक्रिया