बैतडी : बैतडीमा आज नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर भएका छन । बैतडीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको पनि आजै विदाई गरिएको हो ।
गृहमन्त्रालयका उपसचिप दिर्घराज उपाध्यायलाई केहि दिन पहिला बैतडीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरि पठाएको थियो । आज प्रमुख जिल्ला अधिकारी उपाध्याय हाजिर भएका हुन । जिल्लामा स्वागत समेत गरिएको छ ।
यस्तै बैतडीबाट सरुवा भई गएका प्रमुख जिल्ला अधिकारी शर्माको विदाई पनि सँगै गरिएको हो । उनको जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दी रहने गरि विपद जोखिम न्युनिकरण तथा व्यबस्थापन प्राधिकरणमा सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीको ११ महिना पछि बैतडीबाट सरुवा भएको हो ।
बैतडीको ११ महिनाको बसाई निकै सुखद रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकको जिल्लाको रुपमा बैतडीलाई औल्याउँदै देवभूमी र पूण्यभूमीमा काम गर्न पाएकोमा गौरव लागेको उनले बताए ।
बैतडी आउनुभन्दा पहिला टाढाको जिल्ला भनेर सोचिएपनि यहाँ आइसकेपछि निकै रमाइलो अनुभूती भएको उनले बताए । जिल्लामा बस्दा सबै पक्षको सकारात्मक सहयोग पाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । जिल्लामा बस्दा सहयोग गर्ने सबैलाई उनले धन्यावाद समेत ज्ञापन गरेका छन् ।
प्रतिक्रिया