२०८१ कार्तिक १६ गते शुक्रबार
ट्रेन्डिङ

आज उदयदेव सहकारीको सेवा केन्द्र बैतडीमा २६ औं वार्षिक साधारणसभा सम्पन्न

SansherOnline SansherOnline
आइतबार ११, कार्तिक २०८१ ०७:४६
आज उदयदेव सहकारीको सेवा केन्द्र बैतडीमा २६ औं वार्षिक साधारणसभा सम्पन्न

बैतडी : उदयदेव बहुउद्देशयीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र बैतडीकाे ईकाई ३ को २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका कोषाध्यक्ष डा. शंकरदत्त भट्टको सभापतित्वमा  जिल्लाको दशरथचन्द नगरपालिका ०४ गोठालापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा सहकारीको साधारणसभा  सम्पन्न भएको हो । 

कात्तिक १० गते देखी सेवा केन्द्र बाट ईकाइगत साधारणसभा सुरु गरेको सहकारीले हिजो डडेल्धुरा र   आज बैतडीमा सभा सम्पन्न गरेको छ । संस्थाका कोषाध्यक्ष डा भट्टको अध्यक्षता र दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशीको प्रमुख आतिथ्यमामा साधारणसभा सम्पन्न भएको हो ।  

साधारणसभा कार्यक्रममा दशरथचन्द नगरपालिका उप– प्रमुख कौशिला चन्द, वडा न ४ वडा अध्यक्ष भान देव भट्ट, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बतचकर्ता लगायत सरोकारबालाहरूको बाक्लो उपस्थिति थियो।

आगामी दिनमा सहकारी संस्थाको बिकाससँगै बचत र सेयर लगानीकर्ताको बचत सुरक्षित सहित भविष्यमा उत्कृष्ट संस्था बनाउन सबैको साथ र रचनात्मक सल्लाह सुझावको अपेक्षा पनि संस्थाले गरेको छ ।

सुदूरपश्चिम प्रदेशको बैतडी,डडेल्धुरा कैलाली र कञ्चनपुर जिल्लामा गरी दशवटा शाखाबाट उदयदेव बहुउद्देशयीय सहकारी संस्था लिमिटेडले आफ्नो सेवा विस्तार गरेको छ ।  

 

प्रतिक्रिया