बैतडी : उदयदेव बहुउद्धेश्यीय सहकारीको साधारणसभा उदयदेव बहुउद्धेश्यीय सहकारी सस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका कोषाध्यक्ष डा. शंकरदत्त भट्टको सभापतित्वमा डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा सो सभा सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सो कार्यक्रमको उद्घाटन गर्दै सहकारीले आफ्नो व्यवसाय बिस्तार गर्नुपर्ने र सहकारीका सदस्यहरुलाई लगानी सुरक्षित रहनेप्रति विश्वास बढाउनुपर्ने बताए । जिल्ला समन्वय प्रमुख भण्डारीले उदयदेव बहुउद्धेश्यीय सहकारीले कृर्षि प्रवद्र्धन, सहकारीका सदस्यहरुको बिमा लगायत सामाजिक क्षेत्रमा समेत परिस्कृत काम गरेकोले प्रशंसा गर्नुभयो । कार्यक्रममा संस्थाको गत असार मसान्त सम्मको शेयर पुँजी २० करोड ५८ लाख ६९ हजार १०० रूपैयाँ रहेको सस्थाका कोषाध्यक्ष डा. शंकरदत्त भट्टले जानकारी दिए ।
सस्थाले आगामी दुई वर्षमा २५ करोड शेयर पुजीँ पुगाउने लक्ष्य लिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा बोल्दै सस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले २०५६ सालमा स्थापना भएको सहकारीले सदस्यहरुको मनजित्दै सस्थाले सहकारी संगै सामाजिक क्षेत्रमा सेवा विस्तार गर्दै आएको बताए ।
सहकारीले आर्थिक पारदर्शीता र सदस्यहरुको पुँजी सुरक्षित गर्ने प्राख दायित्व रहेकाले साधारणसभाबाट नविनतम निती तथा रणनिति तय गर्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । सो सहकारीले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी जिल्लामा गरी दशवटा शाखाबाट आफ्नो सेवा विस्तार गरेको छ ।
प्रतिक्रिया